काठमाडौं : सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत मंगलदेखि अवकासमा र्गपछि सर्वोच्चको वरिष्ठतम न्यायाधीश मल्लले आजदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् ।
नेपालको संविधानको धारा १२९(९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ । प्रधानन्यायाधीश अवकाश भएपछि बरिष्ठतम न्यायाधीश स्वतः कामु प्रधानन्यायाधीश हुने व्यवस्था छ ।
सर्वोच्चको नेतृत्व गर्ने सपना दोस्रो महिला न्यायाधीश हुन् । यसअघि सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन् ।





