आन्तरिक उडानको भाडा अत्यधिक वृद्धि

२०८२ चैत्र १८, बुधबार

काठमाडौँ : हवाई इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धिसँगै आन्तरिक उडानको भाडादर झण्डै दोब्बरले महँगिएको छ। नयाँ भाडादर अनुसार अब काठमाडौँबाट सुदूरपश्चिमको धनगढी जान लाग्ने खर्चले झण्डै भारतको राजधानी नयाँ दिल्ली पुग्न सकिने अवस्था सिर्जना भएको छ।

आउने शनिबारका लागि काठमाडौँ–धनगढीको एकतर्फी भाडा अधिकतम १५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ। रोचक के छ भने, सोही दिन काठमाडौँबाट अन्तर्राष्ट्रिय उडानमार्फत नयाँ दिल्ली जान १७ हजार ९ सय ४९ रुपैयाँ मात्रै लाग्ने देखिन्छ। यो टिकट दर बुधबार दिउँसो समाचार लेख्दाको समयको हो। नेपाल वायुसेवा निगम, मेकमाईट्रिपमा नेपाली रूपैयाँ १८ हजार देखिएको नयाँ दिल्लीको भाडा इसेवामा १७ हजार छ।

वायुसेवा निगम र अन्य बुकिङ एजेन्सीहरूको रेटमा दिल्लीको भाडा केही तलमाथि भए पनि आन्तरिक उडानको लामो दूरी र अन्तर्राष्ट्रिय उडानको भाडादर झण्डै बराबरीको रेखामा आइपुगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार