अबदेखि मालपोत र नापीमा बिचौलिया निषेध

२०८२ चैत्र १८, बुधबार

काठमाडौ‌ं : मालपोत तथा नापी कार्यालयमा बिचौलियालाई निषेध गरिएको छ ।

बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धि सबै कार्यालयमा अनधिकृत व्यक्तिलाई निषेध गर्न निर्देशन दिएको छ । मन्त्री प्रतिभा रावलले देशभरका नापी तथा मालपोत कार्यालयमा सरकारी परिचयत्रपत्रबाहक बाहेक अन्यलाई निषेध गर्न निर्देशन दिएकी हुन् ।

मन्त्रीको निर्देशन अनुसार मालपोत कार्यालयमा परिचय खुल्न कागजात हेरेर मात्रै प्रवेश गराउन नापी विभागले मातहतका निकायलाई पत्राचार गरेको छ । पत्रमा कार्यालयहरूमा विभिन्न बहानामा बिचौलियाहरू प्रवेश गरी कार्यालयका महत्त्वपूर्ण कागजात र स्रेस्तामा पहुँच राख्ने कार्यलाई निषेध गर्न भनिएको छ ।

मन्त्रालयले कार्यालयका गोप्य र संवेदनशील कागजातहरूमा बिचौलिया तथा अनधिकृत व्यक्तिहरूको अनियन्त्रित पहुँच बढेको भन्दै यस्तो कदम चालेको जनाएको छ । पत्रमा भनिएको छ,”बिचौलियालाई प्रवेश निषेध गर्न परिचय खुल्ने कागजात हेरेर मात्र कार्यालयमा प्रवेश दिने व्यवस्था मिलाउने साथै त्यस्ता अनधिकृत व्यक्तिहरूलाई सरकारी अभिलेख कागजातमा पहुँच नदिने व्यवस्था तत्काल मिलाउनू ।”

अनधिकृत व्यक्ति प्रवेशमा रोक नलगाएको खण्डमा कार्यालय प्रमुख जिम्मेवार हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार