काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ६ सय रूपैयाँले घटेर २ लाख ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँ कायम भएकोमा आज १ सय ६५ रूपैयाँले घटेर ४ हजार ७ सय ८० रूपैयाँ कायम भएको छ ।









