दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति

२०८२ चैत्र १९, बिहीबार

काठमाडौं : सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति मिलेको छ।

बिहीबार जिल्ला अदालत, काठमाडौँले व्यवसायी भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको हो। सम्पत्ति शुद्धीकरण विभागले भट्टलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतमा म्याद थपको निवेदन दिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार व्यवसायी भट्टलाई पक्राउ गरेको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार