काठमाडौं : इटालियन क्लब इन्टर मिलानले इटालियन शीर्ष डिभिजन सिरी ‘ए’ मा एएस रोमाविरुद्ध ५–२ को फराकिलो जित निकालेको छ ।आइतबार इन्टरलाई घरेलु मैदान जियुसेपे माजा रंगशालामा जित दिलाउन लौटारो मार्टिनेजले दुई गोल गरे ।
हाकान कालहोनग्लु, मार्कस थुरम र निकोल्को बारेलाले समान एक गोल गरे । जवाफमा रोमाका जियानलुका मानकिनी र लोरेन्जो पेलेग्रिनीले समान एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा इन्टरलाई मार्टिनेजले अग्रता दिलाए । तर, इन्टरले यो अग्रता भने पहिलो हाफमै गुमायो ।
४०औँ मिनेटमा मानकिनीले रोमाका लागि बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा इन्टरका कालहोनग्लु गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे । ५२औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरेपछि, इन्टरले ३–१ को अग्रता लियो । ५५औँ मिनेटमा थुरमले अग्रतामा एक गोल थपे ।
६३औँ मिनेटमा इन्टरले टोलीका बारेलाको गोलमा ५–२ को अग्रतामा लियो । ७०औँ मिनेटमा पेलेग्रिनीले गोल गर्दै रोमालाई २–५ को स्थितिमा फर्काएका थिए ।









