इरान एकै रातमा ध्वस्त पार्न सक्ने ट्रम्पको चेतावनी

२०८२ चैत्र २४, मंगलवार

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्ध प्रभावकारी रूपमा अघि बढिरहेको बताएका छन्।

सोमबार राति आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाले चाहेमा एकै रातमा इरानलाई ध्वस्त पार्न सक्ने चेतावनी दिए। उनले आवश्यक परेमा त्यस्तो कारबाही बुधबारनै हुन सक्ने समेत उल्लेख गरे।

इरानमा फसेका अमेरिकी पाइलटहरूको उद्धार कार्यलाई उनले ‘ऐतिहासिक’ संज्ञा दिएका छन्। उनले भने, ‘मैले अमेरिकी सेनालाई हाम्रा बहादुर सैनिकहरूलाई सुरक्षित रूपमा घर ल्याउन आवश्यक पर्ने सबै गर्न आदेश दिएको छु।’ १-२ पाइलट बचाउन ठूलो जोखिम लिनुपरेको र यो निर्णय निकै चुनौतीपूर्ण रहेको उनले बताए।

होर्मुज जलमार्ग खोल्न अन्तिम अल्टिमेटम
ट्रम्पले इरानलाई होर्मुजको जलमार्ग खोल्न दिएको समयसीमा नजिकिएको जानकारी दिए। उनले इरानले मार्ग नखोलेमा त्यहाँका पावर प्लान्ट, पुल र अन्य भौतिक पूर्वाधारलाई निशाना बनाउने चेतावनी दिएका छन्। इरानले अमेरिकी सर्त मानेमा मात्र युद्ध रोकिन सक्ने उनको भनाइ छ। ट्रम्पले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने अडान समेत दोहोर्‍याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार