चुनावी समीक्षाका लागि गगन थापा आज मधेस जाँदै

२०८२ चैत्र २५, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापा आज जनकपुर जाँदै छन् ।

प्रदेशस्तरी निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि उनी जनकपुर जान लागेका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा अपेक्षित नतिजा नआएको विषयमा समीक्षा गर्न कांग्रेसले मधेस प्रदेशको जनकपुरमा आज कार्यक्रम गर्दैछ ।

फागुन २१ को निर्वाचनमा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.अमरेशकुमार सिंहसँग पराजित भएपछि थापा आज पहिलो पटक मधेस झर्न लागेका हुन् । कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रमपछि सभापति थापा सर्लाही ४ जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार