काठमाडौं : इंग्लिस क्लब आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पोर्चुगिज टिम स्पोर्टिङ लिस्बोनविरुद्धको पहिलो लेगमा १–० ले विजयी भएको छ ।
मंगलबार आर्सनललाई स्पोर्टिङ लिस्बोनको घरेलु मैदान स्टाडियो जोस अल्भालाडेलेमा जित दिलाउन काई हावेर्टज निर्णायक बने । हावेर्टजले दिलाएको अग्रताबाटै टोलीले जित हासिल गरेको हो ।
हावेर्टजले इन्जुरी समयमा अग्रता दिलाएका थिए । यो जितसँगै आर्सनले स्पोर्टिङ लिस्बोनविरुद्ध १–० को स्पष्ट अग्रता बनाउँदै सेमिफाइनल यात्रा बलियो बनाएको छ ।







