काठमाडौं : नेपाल टेलिकम ले एसईई परीक्षा दिने विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ।
कम्पनीले उक्त अफरमार्फत नयाँ सिमकार्ड उपलब्ध गराउनुका साथै पुराना प्रयोगकर्तालाई पनि सोही नम्बरमै सुविधा लिन सकिने जनाएको छ। टेलिकमका अनुसार यो अफर चैत २६, २०८२ देखि लागू भई असार २६, २०८३ सम्म उपलब्ध रहनेछ। विद्यार्थीहरूले केवल २० रुपैयाँमा नयाँ सिमकार्ड देशभरका टेलिकमका कार्यालयबाट लिन सक्नेछन्।
नयाँ सिम सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न आकर्षक सेवा उपलब्ध हुनेछन्। सिममा उपलब्ध हुने मुख्य सुविधाहरू यसप्रकार छन् । दैनिक २० मिनेट अन–नेट भ्वाइस कल, १० वटा एसएमएस, ५०० एमबी डाटा यी सेवा दैनिक रूपमा पाइने भए पनि सोही दिनभित्र मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, रिचार्जमा पनि बोनस सुविधा दिइनेछ। ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्दा:५०० एमबी डाटा, ५० मिनेट अन–नेट कल, ५० वटा एसएमएस पाइनेछन् जसको प्रयोग ३ दिनभित्र गर्नुपर्नेछ। सिम लिन आवश्यक कागजात: एसईई प्रवेशपत्र (Admit Card) वा कक्षा १० को मार्कसिटको प्रतिलिपि, एक प्रति फोटो, आफ्नो वा अभिभावकको नागरिकता/सरकारी परिचयपत्रको प्रतिलिपि चाहिने छ ।
सिम सक्रिय गर्न *1414# डायल गर्नुपर्नेछ भने अफर प्राप्त गर्न *1600# डायल गरी निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ। हिलेदेखि सिम प्रयोग गरिरहेका विद्यार्थीहरूले पनि *1600# डायल गरी आफ्नो SEE सिम्बोल नम्बर (अक्षरबाहेक) र जन्ममिति (YYMMDD फर्म्याटमा) प्रविष्ट गरेर अफर लिन सक्नेछन्।









