आईपीएल २०२६ : कोलकातामाथि लखनउको रोमाञ्चक जित

२०८२ चैत्र २७, शुक्रबार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गतको खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सविरुद्ध ३ विकेटको जित निकालेको छ ।

सुरुआति ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको लखनउले २० ओभरमा ७ विकेटको क्षतिमा १८२ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । लखनउको जितमा आयुश बधोनी र मुकुल चौधरीले समान ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । मिचेल मार्सले १५, एडेन मारकरमले २२, रिशव पन्तले १० तथा निकोलस पुरनले १३ रनको योगदान दिए ।

कोलकाताका लागि वैभव अरोरा र अनुकुल रोयले २/२ विकेट लिँदा सुनिल नरेन, कार्तिक त्यागी र क्यामरन ग्रीनले १/१ विकेट लिए । त्यसअघि पहिलो इनिङमा कोलकाताका लागि अजिङ्क्या राहाणेले ४१ रन बनाउँदा अंगकृष रघुवंशीले ४५, क्यामरन ग्रीनले ३२ तथा रोभमन पावेलले ३९ रन जोडे ।

लखनउका लागि प्रिन्स यादव, मनिमरन सिद्धार्थ, दिग्वेश राठी र आवेश खानले समान १/१ विकेट लिए । जारी सिजनमा तीन खेल खेलेको लखनउको यो दोस्रो जित हो । पहिलो खेलमा दिल्ली क्यापिटलसँग ६ विकेटको पराजय व्यहोरेको लखनउले दोस्रो खेलमा सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार