अर्जुननरसिंहलाई राजनेता बन्न विश्वप्रकाशको सुझाव

२०८२ चैत्र २७, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका नेता एवं सांसद अर्जुननरसिंह केसीलाई ‘राजनेता’ बन्न सुझाव दिएका छन् ।

शुक्रबार कास्कीको पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले केसीलाई कांग्रेस संसदीय दलको नेता होइन; राजनेता बन्न सुझाव दिएका हुन् । शर्माले अहिलेको संसद्‌मा २०४८ सालकै संसद्को अनुभवी व्यक्तित्व केवल केसी मात्र रहेको उल्लेख गरे ।

‘उहाँ सबैभन्दा ज्येष्ठ पनि हुनुहुन्छ र सबैभन्दा अनुभवी युवा ऊर्जा बोकेको योग्य व्यक्तित्व हुनुहुन्छ । त्यसैले हामीले उहाँलाई केवल कांग्रेसको मात्रै संसदीय दलको नेताका रूपमा होइन, सबै दलको एक साझा अभिभावकका रूपमा हेर्न चाहेका छौं’, शर्माले भने, ‘उहाँले कांग्रेस संसदीय दलको नेता स्वयं बन्न चाहँदा हामीले हुन्न भन्न अप्ठ्यारो हुन्छ नै, त्यसैले हाम्रो अपेक्षा नेताको पदबाट राजनेता बन्ने मार्ग उहाँले अपनाउनु समयानुकूल हुन्छ ।’

उपसभापति शर्माले सांसदहरूले सकेसम्म सर्वसम्मत संसदीय दलको नेता चयन गर्न सहजीकरण गर्ने विश्वास पनि व्यक्त गरे । त्यसो नभए निर्वाचनमार्फत् दल नेता चुनिने उनको भनाइ छ । ‘नयाँ वर्ष सँगसँगै संसदीय दलको नेतृत्व चयन हुनेछ । साथीहरूबीच सर्वसम्मति नभए निर्वाचन हुनेछ’, शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार