आईपीएल २०२६ : चेन्नईसँग दिल्ली २३ रनले पराजित

२०८२ चैत्र २९, आईतवार

काठमाडौं : चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा पहिलो जित हासिल गरेको छ ।

शनिबार घरेलु मैदानमा भएको खेलमा चेन्नईले दिल्लीमाथि २३ रनको जित हासिल गरेको हो । चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो । दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ६० रन बनाए । पथुम निसान्काले ४१ रन बनाए । आशुतोष शर्माले १९, केएल राहुलले १८ तथा डेभिड मिलरले १७ रन बनाए ।

चेन्नईका लागि ओभरटनले शानदार बलिङ गर्दै ४ ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । अंशुल कम्बोजले ३ तथा खलील अहमद, गुर्जपनीत सिंह र नूर अहमदले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रनको योगफल बनाएको थियो । ओपनर सन्जु सामसनले शतक प्रहार गरे भने आयुष म्हात्रेले अर्धशतक बनाए ।

सामसनले ५६ बलमा १५ चौका र ४ छक्कासहित ११५ रन बनाएर नटआउट रहे । आयुषले ३६ बलमा ५९ रन बनाएर रिटायर्ड आउट भए । शिवम दुबे २० रनमा नटआउट रहे । दिल्लीका लागि कप्तान अक्षर पटेलले १ विकेट लिए ।

योसँगै ४ खेलमा पहिलो जित निकालेको चेन्नई २ अंक जोड्दै १०औंबाट नवौं स्थानमा उक्लिएको छ । ४ खेल खेल्दा लगातार दोस्रो हार बेहोरेको दिल्ली ४ अंकका साथ चौथो स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार