काठमाडौं : गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। उनले आइतबार दिउँसो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास फेरेकी छिन्।
उनलाई शनिबार साँझ त्यहाँ भर्ना गरिएको थियो। त्यतिबेला उनलाई हृदयघात भएको र छातीमा समस्या भएको रिपोर्ट आएको थियो। पछि, उनकी नातिनी जनाई भोसलेले उनलाई थकान र छातीमा दुखाइ मात्र भइरहेको र चाँडै निको हुने बताएकी थिइन्।
आशा भोसलेले आफ्नो करियरमा १२,००० भन्दा बढी गीत गाएकी छिन्। उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा,’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू सदाबहार छन्। आशा भोसलेको सांगीतिक यात्रा सहज थिएन।
आशा भोसले प्रसिद्ध रंगमञ्च अभिनेता तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी तथा प्रसिद्ध गायिका लता मंगेशकरकी कान्छी बहिनी हुन्।









