काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ३ हजार १ सय रुपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार १ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज १ सय ६५ रूपैयाँले बढेर ५ हजार ६५ रूपैयाँ कायम भएको छ ।










