काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री जो भएपनि आफ्नै भिजनमा हिँड्नुपर्ने बताएका छन् ।
पूर्णरूपमा नहिँडे पनि आंशिक रूपमै भए पनि आफ्नो भिजनमा सरकार हिँड्नुको विकल्प नभएको जिकिर गरेका छन्। उनले भनेका छन्, ‘प्रधानमन्त्री जो भए पनि, सरकार जुनसुकै पार्टीको भए पनि हर्क साम्पाङकै भिजनमा हिँड्नुपर्दछ, पूर्ण रूपमा नहिँडे पनि आंशिक रूपमै सही उसकै भिजनमा हिँड्नेछ ।’
उनले केही समय पर्खिन आग्रह गर्दै आफ्नो दाबी सही साबित हुने जिकिर गरेका छन्।








