काठमाडौं : मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् ।
मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार छिमेकी ७० वर्षीय धना भट्टको मलामी गएका बेला महाकाली नदीमा नुहाउने क्रममा सिंह बेपत्ता भएका थिए ।
बेपत्ता पुरुषको सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयले खोजी गरिरहेका भएपनि फेला नपरेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए ।










