आईपीएल २०२६ : चेन्नईसँग कोलकाता ३२ रनले पराजित

२०८३ बैशाख २, बुधबार

काठमाडौं : चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ भने कोलकाता नाइट राइडर्सले चौथो हार बेहोर्दै खराब यात्रा जारी राखेको छ ।

मंगलबार चेन्नईमा भएको खेलमा चेन्नईले कोलकातालाई ३२ रनले पराजित गरेको हो । चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनायो । कोलकाताका लागि रमनदीप सिंहले सर्वाधिक ३५ रन बनाए । रोभमन पावेलले ३१, अजिन्क्या रहानेले २८, अंगकृश रघुवंशीले २७ तथा सुनिल नराइनले २४ रन बनाए ।

चेन्नईकका लागि नूर अहमदले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । अंशुल कम्बोजले २ विकेट लिए भने खलील अहमद र अकिल होसेनले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो । सन्जु सामसनले सर्वाधिक ४८ रन बनाए भने डेवाल्ड ब्रेभिसले ४१, आयुष म्हात्रेले ३८ रन बनाए । सरफराज खानले २३ रन बनाए ।

कोलकाताका लागि कार्तिक त्यागीले २ विकेट लिँदा वैभव अरोरा, अनुकुल रोय र सुनिल नराइनले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार