सामाजिक सञ्जालमा भ्रमपूर्ण एजेण्डा सेटिङ गर्ने प्रवृत्ति बढ्यो : शंकर पोखरेल

२०८३ बैशाख ३, बिहीबार

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा भ्रमपूर्ण एजेण्डा सेटिङ गर्ने प्रवृत्ति बढेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले कतिपय जिम्मेवार व्यक्तिहरू समेत अपुष्ट र भ्रमपूर्ण विषयका आधारमा प्रतिक्रिया दिन हतारिने गलत चलन बढिरहेको टिप्पणी गरे ।

उनले लेखेका छन् , ‘आजभोलि सामाजिक सञ्जालमा मनोगत रूपमा भ्रमपूर्ण एजेन्डा सेटिङ गर्ने र त्यसैलाई आधार बनाएर बहस चलाउने प्रवृत्ति तीव्र रूपमा बढ्दो छ। जुन संस्था वा व्यक्तिबारे बहस गरिन्छ, उनीहरूको आधिकारिक धारणा बुझ्ने आवश्यकता नै नदेख्ने, र कतिपय जिम्मेवार व्यक्तिहरू समेत अपुष्ट र भ्रमपूर्ण विषयका आधारमा प्रतिक्रिया दिन हतारिने गलत चलन बढिरहेको छ।’

उनले वाम एकताको हावा चलेको भन्ने चर्चाको खण्डन गरेका हुन्। नेता सुरेन्द्र पाण्डेले वाम एकतालाई आत्मरक्षाको माध्यम बनाएको भन्दै आलोचना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार