काठमाडौं : जिल्ला समन्वय समिति हुम्लाका सदस्य कर्णबहादुर शाहीको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित शाहीको आइतबार बिहान आफ्नै निवासमा निधन भएको हो । चङ्खेली गाउँपालिका–४, पिप्लाङ स्थायी ठेगाना भएका शाहीको निधन भएको उनका छोरा दन्तबहादुर शाहीले जानकारी दिए । ७० वर्षको उमेरमा उनको निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए।
नेपालगन्जस्थित मेडिकल कलेजमा उपचारपछि चिकित्सकको सल्लाहअनुसार उनी कोहलपुरस्थित घरमा औषधि सेवन गर्दै बस्दै आएका थिए । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।





