गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन: मनिष झा

२०८३ बैशाख ७, सोमबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विचाैलिया दीपक भट्टसँग सम्बन्ध जोडिएको विषयमा सांसद तथा गृहमन्त्री सुधन गुरुङको विषयमा कुनै निर्णय गरेन ।

केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले कुनै निर्णय नभएको प्रवक्ता मनिष झाले बताए । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सरोकार पत्र पठाएको झाले जिकिर गरे ।

‘हरेक निर्णय बैठकमै आउनुपर्छ भन्ने होइन । आजको प्रस्तावित एजेन्डा नै थिएन । त्यस विषयमा छलफल पनि भएको छैन’, झाले भने । उनले तीन दिन अगाडि नै प्रस्तावित एजेन्डा पठाइसकेको वा कुनै केन्द्रीय सदस्यले बैठकमा प्रश्न नउठाएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार