सल्यानमा आगलागी हुँदा वृद्धको मृत्यु

२०८३ बैशाख ८, मंगलवार

सुर्खेत : सल्यानमा विद्युत्‌काे तार सर्ट भएर आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका–४ नमुना मोहर बस्तीका ७० वर्षिय मोतिराम ओली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मंगलबार अपराह्न १६ः५० बजेको समयमा सो गाउँका ४० वर्षीय भद्र बहादुर घर्तीको बाख्राको खोरमा विद्युत्‌काे तार सर्ट भई एक्कासी आगलागी भएको थियो । उक्त आगलागीमा परी सोही खोरमा सुतिरहेका मोतीरामको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार