काठमाडौं : सनराइजर्स हैदराबादले आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न खेलमा हैदराबादले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।
हैदराबादले दिएको २४३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९५ रन बनायो । नितिश रानाले सर्वाधिक ५७ रन बनाए भने समिर रिज्भीले ४१ रन बनाए । केएल राहुलले ३७ अनि ट्रिस्टन स्टब्सले २७ रन बनाए । हैदराबादका लागि इशान मलिंगाले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । हर्श दुबेले ३ तथा दिल्शान मदुशन्का र साकिब हुसेनले १-१ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले अभिषेकको अविजित शतक मद्दतमा २० ओभरमा २ विकेट गुमाएर २४२ रन बनाएको थियो । अभिषेकले ६८ बलमा १० चौका र १० छक्कासहित अविजित १३५ रन बनाए । हेनरिक क्लासेनले १३ बलमा अविजित ३७ रन बनाए । ट्राभिस हेडले २६ बलका ३७ तथा कप्तान इशान किशनले १३ बलमा २५ रन बनाए ।
दिल्लीका लागि कप्तान अक्षर पटेलले एक विकेट लिए ।





