महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला

२०८३ बैशाख ९, बुधबार

धनगढी : कञ्चनपुरको महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेका छन् । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बुधबार दिउँसो उनको शव फेला पारेको हो ।

भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा मंगलबार साँझ पौडी खेल्ने क्रममा अछामको साँफेबगर नगरपालिका–९ बुढाकोटका २५ वर्षीय मनिष कुँवर बेपत्ता भएका थिए । उनलाई सशस्त्र प्रहरीको नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको गोताखोर टोलीले खोजी गर्ने क्रममा फेला पारेको हो।

कुँवर सुदूरपश्चिम विश्वविद्यालयको कानुन सङ्कायमा आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्। मंगलबार साँझ साथीहरूसँगै नदीमा पौडी खेल्न गएका उनी अचानक डुबेर बेपत्ता भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार