पोखरा : आज २० औं लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई देशमा लोकतन्त्र स्थापना दिन ।
संयोग यस्तो परेको छ कि राजतन्त्र अन्त्य भएको ठिक दुई दशकपछि आफूले शासनसत्ता सुम्पिएकै दिन पारेर पूर्वराजा ज्ञानेन्द्र काठमाडौं बाहिर निस्किँदैछन् । देशमा भएको जेनजी आन्दोलनको जगमा राष्ट्रिय स्वतन्त्र पार्टीकको झण्डै दुईतिहाइको बहुमतसहित बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि ज्ञानेन्द्र पहिलो पटक भ्रमणमा निस्किएका छन् ।
राजदरबार छाडेर देशको लोकतन्त्र आएको दिन पारेरै पूर्वराजा आज पोखरामा भ्रमणमा आउन लागेका हुन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुन:स्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेकै दिन उनले सक्रियता बढाउन लागेको उनको भ्रमण व्यवस्थापन समितिको भनाइ छ ।





