सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

२०८३ बैशाख १२, शनिबार

काठमाडौं : सशस्त्र प्रहरी बलका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त ६ पदमा डीआईजी बढुवाका लागि सिफारिस गर्दै सूचना प्रकाशित गरेको हो। बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ।

दिग विजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रविण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की डीआईजीमा बढुवा सिफारिस भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार