प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

२०८३ बैशाख १३, आईतवार

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सुकुमवासी बस्तीमा डोजर चलिरहेका बेला उनले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका हुन्। एक मन्त्रीले बताएअनुसार ‘केही बेरअघि मात्र मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिइएको हो।’

काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती भत्काउने क्रम चलिरहेका बेला सार्वजनिक बिदाकै दिन आइतबार मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार