दशथरीको हुन्डरी मच्चाउने काम कसैको हितमा छैन : खड्का

२०८३ बैशाख १४, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भइरहेको ढिलाइ र अन्योलप्रति कडा आपत्ति जनाएका छन्।

सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले दलको नेता छनोट गर्ने सार्वभौम अधिकारमाथि हस्तक्षेप भएको बताएका हुन्।

खड्काले संसदीय दलको नेता छनोटमा देखिएको अस्वाभाविक ढिलाइ र अन्योललाई ‘ठाडो हस्तक्षेपको परिणाम’ भनेका छन्। उनले लेखेका छन्, ‘यो कार्य तत्काल बन्द गरियोस्। संसदीय दलका माननीय सदस्यहरूको यस तर्फ गम्भीर ध्यानाकर्षण।’

उनका अनुसार पार्टी केन्द्रीय कार्यसमितिले दलको विधान अनुमोदन गरेपछि संसदीय दलका सदस्यहरूले सर्वसम्मत वा प्रतिस्पर्धाका माध्यमबाट सार्वभौम तरिकाले निर्वाचन सम्पन्न गर्ने विषय हो। यस प्रक्रियामा हस्तक्षेप हुनु कसैको हितमा नभएको उल्लेख गर्दै उनले भनेका छन्, ‘यो दशथरीको हुन्डरी मच्चाउने काम र हस्तक्षेप कसैको हितमा छैन।’

खड्काले अविलम्ब दलको नेता चयन गरेर पार्टीको छविमा हुन थालेको थप क्षति रोक्न आग्रह गर्दै यस विषयमा केन्द्रीय नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार