त्यसै गरी युवाहरू माझ जिम्मेवार वित्तीय सचेतना र व्यवहारिक आर्थिक ज्ञान प्रवर्द्धन गर्न, वित्तीय साक्षरता विस्तार गर्न, शैक्षिक तथा ज्ञानमा आधारित सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सातौँ नेपाल इकोनोमिक ओलम्पीयाडलाई आर्थिक सहयोग गरेको छ ।
हालै मात्र बैंकले गत चैत्र ०२ देखी ०८ गतेसम्म साताव्यापी रूपमा मनाइएको ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका देशै भरी रहेका विभिन्न शाखाहरू तथा प्रादेशिक कार्यालयहरू मार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरू सम्पन्न गरेको छ ।
बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरू रहेका छन् ।








