काठमाडौं : नेकपाका सहसंयोजक माधव कुमार नेपालले आफूले राजनीतिबाट विश्राम नलिने तर पदमै झुण्डिएर मात्र पनि नबस्ने बताएका छन्।
मङ्गलबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेतृत्व हस्तान्तरणका लागि आफू सधैँ सकारात्मक रहेको सुनाए।
पार्टीको आगामी राष्ट्रिय महाधिवेशनका सन्दर्भमा बोल्दै सहसंयोजक नेपालले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउ युवा सहभागिता चाहिने बताए। ‘म राजनीति छाडेर भाग्ने मान्छे होइन, तर पद ओगटेर मात्र बसिरहने मान्छे पनि म होइन,’ उनले भने, ‘युवाहरू नेतृत्वमा आउनुपर्छ र उनीहरूलाई उचित जिम्मेवारी दिइनुपर्छ भन्ने मेरो मान्यता हो।’
उनले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने तय भएको जानकारी दिए।





