काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा मागेका छन्।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेनमा न्यूनतम मानवता पनि नदेखिएको आरोप लगाउँदै मार्गप्रशस्त गरिनुपर्ने बताएका हुन्।
‘बालेनले तुरुन्त राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ। न्यूनतम मानवतासमेत देखिएन’, श्रम संस्कृति पार्टीको संसदीय दलका नेतासमेत रहेका साम्पाङले दाबी गरेका छन्, ‘संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण र विरोध आइसक्यो। योभन्दा ठुलो अन्तर्राष्ट्रिय बेइज्जत अर्को छैन, हुँदैन।’






