संवैधानिक निकायहरू खाली राख्दैनौं, अध्यादेशबाट काम गर्छौं : रवि लामिछाने

२०८३ बैशाख १६, बुधबार

काठमाडौं : रास्वपा सभापति रवि लामिछानेले संवैधानिक निकायहरूको रिक्तता पूरा गर्नका लागि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले ती निकायहरूमा पदपूर्ति गर्दा मेरिटोक्रेसीलाई ध्यान दिने पनि बताए ।

‘आफन्त त हाम्रा पनि थिए होलान् नि । ती योग्य पनि होलान्, शिक्षित पनि होलान् । तर हामीले योग्य नेपाली नागरिकका लागि ती पदहरू समर्पित गर्‍यौं, अब पनि हामीले गर्ने त्यही हो,’ लामिछानेले भनेका छन्, ‘संवैधानिक निकायहरूलाई खाली राख्न सक्दैनौँ र कानुनी रिक्ततालाई हामीले कहिलेसम्म कायम गरिरहने ? त्यो रिक्तता पूर्ण गर्नको निमित्त संवैधानिक परिषद सम्बन्धि अध्यादेश छ, त्यसले त्यही अनुसारले काम गर्छ ।’

योग्य, क्षमतावान मानिसहरूलाई र खुला प्रतिस्पर्धाबाट त्यस्ता ठाउँमा पदपूर्ति गर्ने तयारीमा आफ्नो पार्टी नेतृत्वको सरकार रहेको लामिछानेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार