कांग्रेस रामेछाप जिल्ला सभापति कान्छाराम निलम्बित

२०८३ बैशाख १६, बुधबार

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई निलम्बन गरेको छ।

पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको विषयमा थप अनुसन्धान आवश्यक देखिएको भन्दै अनुशासन समितिले जिल्ला सभापति तामाङलाई निलम्बन गरेको हो। अनुशासन समितिको स्पष्टीकरण सोध्ने वैशाख ७ गतेको निर्णयअनुसार तामाङले ८ गते जवाफ दिएका थिए। उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरिएको हो।

‘थप अनुसन्धान गरी निर्णय तहमा पुग्नुपर्ने देखिएकाले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने’ अनुशासन समितिको तर्क छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार