देउवा समूहको भेलामा ११ बुँदे निर्णय

२०८३ बैशाख १७, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ ।गत बुधबारदेखि ३ दिनसम्म महाराजगञ्जस्थित स्मार्ट होटलमा चलेको भेलाले ११ बुँदे निर्णय गरेको हो ।

कांग्रेस विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा पर्दा निर्वाचनमा ऐतिहासिक क्षति व्यहोर्नुपरेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेर उल्लेख गरेका छन् ।

‘पार्टीको नियमित १५औँ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले हाम्रो पार्टी नेपाली कांग्रेस निर्वाचनको पूर्व सन्ध्यामा विवादको भुमरीमा फसेको र यसैका कारण ऐतिहासिक क्षति व्यहोर्नु परेको कुरा स्पष्ट नै छ’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Press Release - 2083-Baishak 17_page-0001

Press Release - 2083-Baishak 17_page-0002

Press Release - 2083-Baishak 17_page-0003

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार