नवनियुक्त आईजीपी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

२०८३ बैशाख २१, सोमबार

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् ।

सोमबार बिहान गृह मन्त्रालयमा आयोजित एक समारोहमा सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । योसँगै पौडेलको कार्यकाल आधिकारिक रूपमा सुरु भएको छ । उनी सशस्त्र प्रहरीका १३औँ आईजीपी हुन् ।

यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट एआईजी पौडेललाई आईजीपीमा बढुवा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार