काठमाडौं : सरकारले राष्ट्रपतिबाट फिर्ता भएको संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश पुनः सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सरकारले यसअघि नै यो अध्यादेश जारी गर्न राष्ट्रपति पौडेललाई पठाएकोमा उनले आइतबार मात्रै पुनर्विचारको लागि सरकारलाई फिर्ता पठाएका थिए। त्यसमा कुनै पुनर्विचार नगरी हुबहु राष्ट्रपतिसमक्ष बुझाउने निर्णय भएको मन्त्री पोखरेलले बताए।





