स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी पक्राउ

२०८३ बैशाख २२, मंगलवार

काठमाडौं : स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशीलाई पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जोशीलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी आरोपमा काठमाडौंबाट वैशाख २१ गते पक्राउ गरेको हो।

उनलाई अदालतको अनुमति लिएर पक्राउ गरिएको र हाल अनुसन्धानको चरणमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार