भट्ट र अग्रवालको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

२०८३ बैशाख २३, बुधबार

काठमाडौं : सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान खेपिरहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

सर्वोच्चले उक्त मुद्दाको फैसलाका लागि न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलास तोकेको छ। गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान सुरु गरेपछि उनीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए।

जसको सुनुवाइ आजको इजलासको कार्यसूचीमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार