काठमाडौं : विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धानका लागि म्याद थपको आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टका हकमा पाँचौँ पटक र अग्रवालका हकमा छैटौँ पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।
विभागले दुवै व्यवसायीलाई थुनामै राखी अनुसन्धान भइरहेको र हालै ऐनमा भएको संशोधन अनुरूप सरकारी वकिल तोक्ने तथा राय प्रतिवेदन तयार गरी अभियोजन गर्ने कार्य बाँकी रहेकाले म्याद थपको माग गरेको थियो।










