महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल नियुक्त

२०८३ बैशाख २५, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसले महिला संघको अध्यक्षमा चितवनकी मीनाकुमारी खरेललाई नियुक्त गरेको छ।

पार्टी विधानको व्यवस्था बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको संघलाई पुनर्गठन गर्दै पार्टी सभापति गगनकुमार थापाले खरेललाई सो जिम्मेवारी सुम्पिएको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नवनियुक्त अध्यक्ष खरेललाई आगामी फागुन १५ गतेभित्र संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने मुख्य कार्यादेश दिइएको छ। त्यसका लागि जेठ १५ गतेभित्र समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन र साउन मसान्तभित्र तल्लो तहका सबै समितिहरू पुनर्गठन गरी अधिवेशन आयोजक समिति बनाउन निर्देशन दिइएको छ।

साथै, साउन १ गतेभित्रै महाधिवेशनको विस्तृत कार्यतालिका पार्टी समक्ष पेस गर्नुपर्ने सर्त कार्यादेशमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार