स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

२०८३ बैशाख २५, शुक्रबार

धनुषा : ढल्केबर-जनकपुर खडकअन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीचोकमा स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

आज ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१-०३१ च ९०६३ नम्बरको स्कारपियोले परीक्षण कालमा रहेको विद्युतीय स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्थानीय ३० वर्षीया पुनम साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकामा चिकित्सकले बाटोमा साहको मृत्यु भइसकेको बताएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यादवका अनुसार प्रहरीले स्कारपियो चालक विराटनगर महानगरपालिका-७ निवासी ५२ वर्षीय नरेश राठीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार