काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
आइतबार साँझ ओली निवास भक्तपुरको गुण्डुमा भएको भेटवार्तामा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थादेखि मुलुकको परिवर्तित राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको छ ।
अध्यक्ष ओली पत्थरीको शल्यक्रियापछि निवासमै स्वास्थ्य लाभ गरिरहेका छन् । यसअघि ओली अस्पतालमै रहेका बेला पनि भण्डारी अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेकी थिइन् । ‘आइतबार पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबिच करिब ३ घण्टा भेटवार्ता भयो’, ओली निकट स्रोतले भन्यो, ‘भेटमा दुई जना मात्र भएकाले के के विषयमा कुराकानी भए भन्ने स्पष्ट छैन ।’





