काठमाडौं : सर्वाेच्च अदालतले ट्रेड युनियन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
सर्वाेच्चको संवैधानिक इजलासले बहुमतका आधारमा यस्तो आदेश दिएको हो। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुँयालले अल्पकालीन अन्तरिम आदेश दिँदै ६ जेठमा अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएका हुन्।
त्यस्तै, न्यायाधीशहरू शारंगा सुवेदी र विनोद शर्माको इजलासले भने अल्पकालीन अन्तरिम आदेश आवश्यक नभएको भन्दै फरक मत राखेका छन्।









