श्रम संस्कृति पार्टी श्रमदाताको समूह हो : हर्क साम्पाङ

२०८३ बैशाख २९, मंगलवार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले श्रम संस्कृति पार्टी श्रमदाताको समूह भएको बताएका छन्।

सानो मन गर्ने श्रमदाता बन्न नसक्ने भनाइ राख्दै उनले यस्तो बताएका हुन्। साम्पाङले श्रम संस्कृति पार्टी श्रमदाताको समूह भएकाले यहाँ नेता/कार्यकर्ता नहुने र सबै श्रमदाता हुने बताए। उनले पदमा को बस्ने भनेर नलड्न सबैलाई आग्रह समेत गरे।

‘सानो मन गर्ने श्रमदाता बन्न सक्दैन। श्रम संस्कृति पार्टी श्रमदाताको समूह हो। यहाँ नेता कार्यकर्ता हुँदैन। सबै श्रमदाता हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखे, ‘पदमा को बस्ने भनेर नलड्नु है। सबैलाई माया सम्झना। जय ढुङ्गा उचाल्नेहरू।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार