सरकार आतंकवादी जस्तो भयो : ज्ञानेन्द्र शाही

२०८३ बैशाख २९, मंगलवार

काठमाडौं : प्रतिनिधिसभा सांसद एवं राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई आतंकवादीको संज्ञा दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने आफ्नो पनि मान्यता रहेकोमा सरकारले आतंकवादी शैलीमा बस्ती खाली गरेको बताए।

‘गरिबको ओत भत्किँदा सरकारलाई किन पीडा महसुस भएन। एउटा नाबालकले नेपालको झण्डा बोकेर आँखाभरि आँशु झार्दै आफ्नो किताबसम्म निकाल्न नपाउँदा त्यो बालकको मनमा राज्यप्रति कस्तो छाप बस्यो होला? सत्ता भनेको अस्थायी हो। सरकारको शैली आतंकवालदी भयो,’ उनले भने।

मानवीय समवेदनामाथि डोजर चलाएर विकास नहुने उनको भनाइ छ। ‘सत्ता र शक्तिको आडमा कसैलाई जागाइँदैन भन्ने आज सत्तापक्षका मात्र हैन मन्त्रिपरिषद्का सदस्यसम्म हुकुमवासी भएको प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यसमाथि डोजर किन चलाइएन?,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार