काठमाडौँ : नेपाल प्रहरीका १४९ जना डीएसपीहरुको सरुवा भएको छ ।
आईजीपी दानबहादुर कार्कीले शुक्रबार डीएसपीहरुको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा अनिलराज गिरीलाई पठाइएको छ ।
इलाका प्रहरी कार्यालय कटारीमा उपेन्द्र पोखरेल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा उमेश जोशी, मनाङमा कोपिला चुडाल, पूर्वी रुकुममा खुमानन्द पाण्डे, इलाका प्रहरी कार्यालय बर्दिबासमा गुरु प्रसाद तिम्सिनालाई पठाइएको छ ।






