६ सहसचिवहरुको सरुवा, को कहाँ ?

२०८३ जेष्ठ ५, मंगलवार

काठमाडौं : गृह मन्त्रालयले ६ सहसचिवको सरुवा गरिएको छ। मंगलबार सरकारले पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाएको छ।

त्यस्तै एक जनालाई कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी दिएको छ। ललितपुरमा नरहरि घिमिरे, भक्तपुरमा विनोदकुमार खड्का, दाङमा निश्चलराज पाण्डे, सिन्धुपाल्चोकमा शशीधर घिमिरे, रुपन्देहीमा विश्वप्रकाश अर्यालको सिडिओको जिम्मेवारीमा सरुवा भएको छ।

कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव माधवप्रसाद पोखरेललाई दिइएको छ। पोखरेल यसअघि रुपन्देहीमा सिडिओ थिए।

g

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार