प्रतिनिधिसभा निर्वाचनमा प्रति मतदाता २६३ रुपैयाँ खर्च

२०८३ जेष्ठ ५, मंगलवार

काठमाडौं : गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रति मतदाता सरदर २६३ रुपैयाँ खर्च भएको छ।

निर्वाचन आयोगले मंगलबार निर्वाचन खर्च विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार सरकारबाट ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्राप्त भएकोमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको छ।

कुल मतदाता संख्या एक करोड ८९ लाख ३ हजार ६८९ लाई आधार मान्दा प्रति मतदाता सरदर २६३ रुपैयाँ खर्च देखिएको आयोगले प्रष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार