काठमाडौं : पोखरा लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
यसअघि उनलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।
सर्वोच्च प्रशासनले आदेश बदर भएको अनि धरौटी माग गर्ने आदेश भएको जानकारी वेबसाइटमार्फत गराएको छ । लिखित आदेश भने आउन बाँकी छ ।





