सहकारी ठगहरूले उन्मुक्ति पाए : हर्क साम्पाङ

२०८३ जेष्ठ ७, बिहीबार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले सहकारी ठगहरूले उन्मुक्ति पाउने आशङ्का व्यक्त गरेका छन् ।

सरकारले राज्यकोषबाट पीडितहरूको पैसा तिरिहाल्ने बताउँदै उनले यस्तो आशङ्का व्यक्त गरेका हुन् । साम्पाङले अब सहकारी ठगीका घटना झनै बढ्दै जाने बताएका हुन् ।  ‘अब यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए। अब अरूले पनि ठग्नेछन्। आखिर सरकारले राज्यकोषबाट तिरिहाल्छ । सुशासनका सत्यानाश…’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

यसअघि, भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बीउपुँजीका रूपमा २५ करोड रुपैयाँ व्यवस्थापन गर्न लागिएको बताएको थियो । यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार